शहीद स्मृति गोल्डकपः सशस्त्रको एपीएफ बागमतीसँग पराजित

१ चैत्र, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ पराजित भएको छ ।


आइतबार भएको अतिनै रोमाञ्चक खेलमा बागमती युव क्लब सर्लाहीसँग २–१ गोल अन्तरले पराजित भएको हो । पराजित हुँदै एपीएफ प्रतियोगिताबाटै बाहिरीएको छ । बागमतीको जितका लागी बिक्रम धिमाल र सागर शाहीले एक एक गोल गरे भने एपीएफको तर्फबाट रवि थिङले पेनाल्टिको सदुपयोग गर्दै एक गोल फर्काए । बागमतीको डिबक्समा हयान्ड भएपछि एपीएफले पेनाल्टि पाएको थियो । सेमिफाइनल प्रवेशका लागी बागमती युवा क्लब सर्लाहीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ । आइतबारको खेलमा बागमतीका लागी पहिलो गोल गर्ने बिक्रम धिमाल म्यान अफ दी म्याच भए । उनलाई आइतबारको औपचारीक कार्यक्रमका प्रमुख अतिथी पुरन बहादुर जोशीले १० हजार पुरस्कार प्रदान गरे । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिता अन्तर्ग सोमबार संकटा क्लब र मच्छिन्द्र क्बल विच खेल हुने आयोजकले जनाएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।