सबै स्थानीय तहलाई प्रदेश राजधानीसँग जोड्ने प्रदेश सरकारको तयारी

१ चैत्र, हेटौंडा । प्रदेशको राजधानी हेटौडासँग हालसम्म सडक सञ्जालले नजोडिएका ४ वटा जिल्लाका स्थानीय तहसंंग बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्रालय र स्थानीय तहसंग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बागमती प्रदेश अतरर्गतका सिन्धुलीको पाटन गाउँपालीका, रामेछापको डोरम्बा गाउँपालीका, काभ्रेको खानीखोला गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकासंग समधmदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले सडक सञ्जालले नजोडिएका स्थानीय तहहरुको ६० वटा निवेदन परेको बताउनुभयो । मन्त्रि फँुयालले प्रथमिकताका आधारमा सबै स्थानीय तहसंग प्रदेशको राजधानी जोडिने बताउनुभयो । बजेट अभावका कारण सबै स्थानीय तहलाई समेट्न नसकेपनि यो वर्ष चारवटा स्थानीय तहलाई भने प्रदेशको राजधानी हेटौँडासंग जोड्नेगरी काम सुरु हुने उहाँले बताउनुभयो । कार्यक्रममा भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश निती तथा योजना आयोगका सदस्य श्याम बस्नेत, मन्त्रालयका सचिब र कर्मचारीहरुको सहभागीता थियो ।