चुनाव प्रचार प्रसारका लागि सचिवालयको सुभारम्भ

२ चैत्र, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार न्यौपानेले चुनाव प्रचार प्रसारका लागि सचिवालयको सुभारम्भ गर्नुभएको छ ।


सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित बालकुमारी पार्टी प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष पदका उम्मेदवार न्यौपानेले सचिवालयको शुभारम्भ गर्नुभएको हो । यसअघी पनि न्यौपानेले आफूले अध्यक्ष पदमा उम्मेद्धवारी दिने पत्रकार सम्मेलन मार्फत घोषणा गरीसकेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानेले उधोगी व्यावसायिको सामुहिक अपेक्षा उर्जावान नेतृत्व व्यावसायिक सुरक्षा भन्ने मूल नाराका साथ अघि बढेको बताउनुभयो । यसैगरी अध्यक्ष पदका उम्मेदवार न्यौपाने सहित उनको प्यानलमा बाणिज्य तर्फ उपाध्यक्षमा राम प्रसाद न्यौपाने, उद्योग तर्फका उपाध्यक्षमा प्रतिमा श्रेष्ठ ,एसोसिएट तर्फका उपाध्यक्षमा उज्वल चौलागाईं र बस्तुगत तर्फका उपाध्यक्षमा राजु अधिकारीले सयुक्त रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । । मकवानपुर उद्योग बाणिज्य संघको ५४ बार्षीक साधारण सभा चैत २१ र २२ गते हुनेछ भने निर्वाचन चैत २३ गते हुने छ।