शहीद स्मृति गोल्डकपः संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

२ चैत, हेटौंडा । मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


सोमबार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र सेमिफाइनमा प्रवेश गरेको हो । अतिनै प्रतिस्पर्धात्मक खेलमा मन्छिन्द्रले संकटालाई १–० गोल अन्तरले हराएको हो । मच्छिन्द्रको जितका लागी राजेश परियारले गोल गरे । उनले खेलको पहिलो हाफको २४ औं मिनेटमा गरेको एकमात्र गोल मच्छिन्द्रको जितको लागी पर्याप्त बन्यो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका तर्फबाट गोलकर्ता राजेश परियार घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे । अब मच्छिन्द्रले फाइनल प्रवेशका लागी पहिलो सेमिफाइनल अन्तर्गत आयोजक रिगल रिसोर्ट मकवानपुर ११ विरुद्ध ४ गते बुधबार खेल्ने छ । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिता अन्तर्ग भोली मंगलबार सेमिफाइनल प्रवेशका लागी बागमती युवा क्लब सर्लाहीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन विच खेल हुने आयोजकले जनाएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।