बर्षौदेखी खुल्ला अकाशमुनी श्याम बहादुर थापाको परिवार बस्न बाध्य

३ चैत्र, हेटौंडा ।सरकारको नीतिमा रहेको सडक मानव मुक्त राष्ट्रिय अभियान कार्यक्रम देशव्यापी रुपमा संचालन भईरहदाँ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभ¥याङ्गमा भने खुल्ला अकाशमुनी बर्षौदेखी श्याम बहादुर थापा र उहाँको परिवार बस्न बाध्य छन् ।
थापाको परिवारमा उहाँको श्रिमती , एक छोरा र एक बुहारी रहेको उहाँले बताउनुभयो । यसैगरी उमेरले ४८ वर्ष रहनुभएको श्याम बाहदुर थापा र श्रिमती कमला थापा आर्थिक स्तर कमजोर हुनु र मागेर जिवन धान्नुको समस्या एकातिर छ भने अर्को तिर परिवारका सबै सदस्यहरु शाररिक रुपमा अशक्तहुनुको पिडा अर्को तिर रहेको उहाँ बताउनुहुन्छ । यसैगरी दुवै श्रिमान श्रिमतीले आँखा नदेख्ने र छोरा पनि विमारी रहेको उहाँको अहिले बुहारीले झेनतेन मागेर ल्याएको खानाले दिन कटाउने गरेको र कहिले भोकभाकै बस्नुपरेको थापा बताउनु हुन्छ । सरकारले कुनैपनि नेपाली नागरिकलाई नेपाली नागरिताबाट बञ्चित नगर्ने , भोकभोकै बस्न नपर्ने ,खुल्लाआकश मुनी बस्नु नपर्ने भनिरहदाँ थापाको भने श्रिमान ,श्रिमती दुबैको नागरिता नरहेको र राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित हुनु परिरहेकोले राज्यसंग सहयोगको अपेक्षा गरेको उहाँ बताउनुहुन्छ । यसैगरी थापा परिवारलाई सहयोगको लागी धेरै मानिसहरु आउने गरेको र सहयोगको लागी आशा देखाएर जाने गरेता पनि पुग्न फर्केर सहयोगको लागी नआउने र सरकारबाट पनि कुनै सहयोग प्राप्त नभएकोले सबैलाई सहयोगको लागी आग्रह गर्नुहुन्छ ।