जिल्ला प्रशासन कार्यलय मकवानपुरमा राहदानी र नागरिकता बनाउनेको भिड

४ चैत्र, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरमा राहदानी र नागरिकता बनाउनेको भिड बढेको छ ।


जिल्ला प्रशासन कार्यलय मकवानपुरको अनुसार आर्थिक वर्ष २०७७ पुस मसान्तसम्म चार हजार ९ सय २ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ । यसैगरी ३ हजार जनालाई नागरिकताको प्रतिलिपी र २ हजार ६ सय जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रशासकिय अधिकृत देवचन्द्र गतौलले जानकारी दिनुभयो । नियमित नागरिकता र राहदानी बनाउनेहरुसँगै राष्ट्रिय परिचय पत्र र भुमि सम्बधि समस्या आयोगले वडास्तरमा लगत संकलन थालेपछि नागरिकता बनाउनेको चाप बढेको गतौलले बताउनुभयो । यसैगरी जिल्ला प्रशासन कार्यलय मकवानपुरले सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै मकवानपुरको बागमती गाउँपालीका र थाहा नगरपालिकामा इलाका प्रशासन कार्यलय स्थापनाका लागी गृह मन्त्रालयमा पत्र पठाएको गतौलले जानकारी दिनुभयो । यसैगरि जिल्ल प्रसासन कार्यलय मकवानपुरले सेवा लिन आउने सेवागा्रहीहरुको चापलाई मध्यनजर गर्दै कार्यलय व्यवस्थापनमा विषेश ध्यान दिएर कम गरिरहेको उहाँले बताउनुभयो ।