कष्टकर जिवन बिताउदै आएका थापालाई सहयोग गर्ने प्रतिबद्धता

५ चैत्र, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङ्गको सडक छेउमा जस्ताको छानो हालेको टहरोमा बसोबास गर्दै आएका श्याम बहादुर थापाको परिवारलाई वडा नम्बर ११ की वडा सदस्य जुना दाहालले सहयोग पहल गर्ने प्रतिबद्धता जनाउँनुभएको छ ।

बर्षौ देखी कष्टकर जिवन बिताउदै आएको थापा परिबारलाई वडा नम्बर ११ को जनप्रतिनिधी दाहालले वडामा रहेका विपन्न परिवारलाई सहयोग गर्न बजेटको अभाव रहे पनि हेटौंडा उपमहानगरपालिकासंग सहकार्य गरी सहयोग गर्ने बताउनुभएको छ । यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) मकवानपुरका कार्यक्रम संयोजक गणेश भण्डारीले हाल सम्म थापा परिवारको स्थितीबारे कुनैपनि जानकारी नभएको र अब थापा परिवारलाई परेको दुख प्रति आवश्यक निकायहरुसंग सहयोग र समवन्य गर्दै थापा परिवारको उचित व्यवस्थापनमा लाग्ने बताउनुभयो । सडक छेउमा एउटा जस्ताले छाएको टहरामा गुजारा गर्दै आएका थापा परिवारमा एक श्रीमती, छोरा र बुहारी रहेका छन् । थापाको वृद्ध अवस्था, श्रीमतीले आखाँ नदेख्ने र छोराको मानसिक अवस्था ठिक नभएकोले बुहारीले मागेर ल्याएको पैसा र खाने कुराले जेनतेन गुजारा चल्दै आएको छ ।