उपाधिको लागि आर्मी र मकवानपुर भिड्ने

५ चैत्र, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी विभागीय टोली नेपाल आर्मि र आयोजक मकवानपुर ११ भिड्ने भएका छन् ।

विहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई हराउँदै विभागीय टोली नेपाल आर्मि फाइनल प्रवेश गरेसँगै आर्मी र आयोजक मकवानपुर उपाधिका लागी भिड्ने भएका हुन् । हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले विदेशी क्लब अरासलाइ १–० गोल अन्तरले हरायो । आर्मीको जितका लागी आशिष साक्यले गरेको एकमात्र गोल निर्णायक बन्यो । विहीबारको खेलको म्यान अफ दी म्याच आर्मीका क्याप्टेन टेक बहादुर बुढाथोकी घोषित भए उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।