पुँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

८ चैत्र, हेटौंडा । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आयोजनामा आईतबार पुँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नयाँ शेयर लगानीकर्ताहरुको लागी सिडिएसको कार्य धितोपत्रहरु शेयर, अग्राधिकार शेयर, डिबेन्चर बण्ड , लगाएतको विषयमा जानकारी गराईएको थियो । यसैगरी नेपालमा पुँजी बजारमा महत्वपुर्ण र भुमिका भएका संस्थाहरु नियामक निकाय ,धितोपत्र बजार ,केन्द्रीय निक्षेप सेवा लगाएतको संस्थाहरुको बारेमा समेत नयाँ शेयर लगानीकर्ताहरु लाई जानकारी गराईएको थियो । यस्तै डिम्याट खाता , मेरो शेयर अनलाईन सेवाको विषयमा कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अध्यक्ष लक्ष्मण न्यौपाने , नेपाल स्टक एक्सचेञ्ज लिमिटेड संचालन समितीका स्वतन्त्र संचालक लक्ष्मी प्रसाद महर्जन लगाएतको उपस्थिती रहेको थियो ।