देश विकासमा सबैको हातेमालो जरुरीः सभामुख श्रेष्ठ

८ चैत्र, हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले देशले विकासको गतिमा फड्को मारेको दाबी गर्नुभएको छ ।


मुख्यन्यायधिवक्ताको कार्यालय स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले देशले विकासको गतिमा फड्को मारेको दाबी गर्नुभएको हो । उहाँले विकासनै भएन, संघियता फेल हुन लाग्यो भनेर मानिसहरुले नजरअन्दाज गरिरहेको तर संघबाट हुन नसकेको कामहरु प्रदेशबाट भईरहेको र संघप्रदेश दुवैबाट हुन नसकेको कामहरु स्थानिय सरकारबाट भईरहेको बताउनुभयो । यसैगरी उहाँले देश अब विकसित राष्ट्रबाट विकासउन्मुख राष्ट्रमा सिफारिस भईसकेको र अब विकसित राष्ट्रतर्फ जान नेपाल पनि सक्षम र क्षमता भएकोले देशको विकासमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो । यसैगरी बागमती प्रदेशसभाले अहिलेसम्म ५९ वटा कानुन निर्माण गरेको जानकारी दिँदै उहाँले ११ वटा कानुनहरु संशोधन भएको बताउनुभयो । यस्तै एउटा विधेयक समितिमा विचाराधिन रहेको छ भने अर्को एउटा नयाँ विधेयक दर्ता भएको उहाँले बताउनुभयोे । कार्यक्रममा बोल्दै मुख्यन्याधिवक्ता ओमप्रसाद थपलियाले प्रदेशसभाले बनाएको कानुनहरुको कार्यान्वयनको अवस्था, समस्यालगायतको विषयमा अध्ययन गर्न जरुरी रहेको भन्दै उहाँले सरकारले विज्ञ टोली बनाएर यसको समीक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका पहिलो मुख्यन्याधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो । यस्तै मुख्यन्यायधिवक्ताको कार्यालयका तीन जना कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्यामकुमार बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगाएतको उपस्थिती रहेको थियो ।