राष्ट्रिय कृषि जनगणना २०७८ को तयारीको सन्दर्भमा अन्तरक्रिया

८ चैत्र, हेटौंडा । तथ्यांक कार्यालय मकवानपुरको आयोजनामा आईतवार राष्ट्रिय कृषि जनगणना २०७८ को तयारीको सन्दर्भमा सरोकारवालाहरु सग अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

प्रत्येक दस–दस बर्षको अन्तरमा हुने जनगणना कार्यालय यहि बर्षहुन लागेको सन्दर्भमा कृषि जनगणना कार्यक्रममा कस्ता कस्ता विषय समाबेश गर्ने र जनगणना गर्दा कस्ता तरिका बढी उपयुुक्त हुन्छन भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले कृषि जनगणनाले बास्तबिक किसानहरुको संख्या पत्ता लगाउन र त्यसकै आधारमा योजना बनाउन सहज हुने भएकोले यस्को ज्यादै महत्व रहेको बताउनु भयो । यसैगरि कार्यक्रममा जिल्ला समवन्य समितीका अध्यक्ष रघुनाथ खुलालले कृषि जनगणना २०६८ पछी १० बर्सको अन्तरमा यहि बर्षहुन लागेकोले सबैले मिलेर सहयोग गर्नु पर्ने बताउनु भयो । यस्तै उहाँले कृषि जनगणनाले कस्तो भुभाग र क्षेत्रमा कस्ता–कस्ता अन्नबालि लगाउने गर्दछन, कति संख्यामा मानिसहरु अहिले पनि निर्बाहमुखि र परम्परागत खेति गर्न बाध्य छन ईत्यादि कुरा थाहा पाउन सहज हुने र यसकै आधारमा राज्यले निति निर्माण र योजना बनाई अघि बढ्ने भएकोले सबैले मिलेर कृषि जनगणना २०७८ सफल पार्न आग्रह गर्नु भयो ।