हेटौंडामा अन्तर शहर बुद्धिचाल(चेस) प्रतियोगिता सुरु

११ चैत्र, हेटौंडा । हेटौंडामा बुधबारदेखि अन्तर शहर बुद्धिचाल(चेस) प्रतियोगिता सुरु भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले चेसको गोटी चालेर प्रतियोगिताको सुरुवात गर्नुभयो । ४ दिनसम्म चल्ने प्रतियोगितामा अनुशासन कायम राखि खेल खेल्न खेलाडीहरुलाई बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आग्रह गर्नुभयो । यसैगरी उहाँले खेल क्षेत्रले नेपालको पहिचान बोकेको भन्दै खेललाई सबैले माया गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले आउँदो बैशाख महिनामै बागमती प्रदेश सरकारले पनि प्रदेशस्तरीय खेलहरु सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । कार्यक्रममा बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले चेस प्रतियोगितालाई घरभित्रै बसेर खेल्न सकिन्छ भनेर नबुझ्न आग्रह गर्नुभयो । प्रतियोगितामा देशभरका १८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेता हुनेले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तृतीय हुनेले ५० हजार, चौथौ र पाँचौ हुनेले क्रमश ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।