जातीय विभेद अन्त्य गर्न कानुनको कार्यान्वयन जरुरीः मुख्यमन्त्री पौडेल

११ चैत्र, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कानुन कार्यान्वयन गर्न सके मात्र जातीय विभेदका घटनाहरूको अन्त्य हुने बताउनुभएको छ ।


बुधबार हेटौंडामा दलितमैत्री नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले तुलनात्मक रुपमा प्रदेश सरकार गठन भएपछि जातीय भेदभाव तथा छुवाछुतको घटनामा कमी आएपनि संविधानमा उल्लेख भए अनुसारका दलितहरुको हक अधिकार सम्बन्धी ऐन कानुनको पुर्ण रुपमा कार्यान्वयन नहुँदा समाजमा विभेदका घटनाहरु घट्ने गरेको उहाँले बताउनुभएको हो । यसैगरी उहाँले जातीय विभेद अन्त्य गर्नका लागि समाजमा रहेका कुसँस्कारलाई त्याग्न सक्नु पर्ने बताउनुभयो । प्रदेश सरकारले दलितमैत्रि विधेयक निमार्ण गरी सरकारी विधेयकका रुपमा प्रदेशसभा छलफल गरी छुटै कानुन निमार्ण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु मुनु सिग्देल, प्रेम बहादुर पुलामी (छिन्तु) र जुनेली श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।