बागमती प्रदेशले पुरा बजेट खर्च गर्न सकेन

११ चैत्र, हेटौंडा । देश संघीयतामा गएसँगै बागमती प्रदेशले हालसम्म चार पटक बजेट ल्याए पनि पुरा बजेट खर्च भने गर्न नसकेको तथ्यांकले देखाएको छ ।


प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७÷७८ को फागनु मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालू वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएपनि ८ महिनामा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशका लेखा अधिकृत राजेन्द्र पाण्डेले बताउनुभयो । प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशका लेखा अधिकृत राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशले चालू आर्थिक वर्ष २०७४÷७५ मा कुल बजेटको २६.४१ प्रतिशत बजेट खर्च गरेको थियो । यसैगरी १ अर्ब २ करोडको बजेट ल्याएको बागमती प्रदेश सरकारले २६ करोड ९४ लाख मात्रै खर्च गरेको थियो । यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारको खर्च केही बढेको देखिन्छ । यस्तै ६० प्रतिशत बजेट आर्थिक वर्ष २०७५÷७६ मा खर्च भएको लेखा अधिकृत पाण्डेले बताउनुभयो । यसैगरी आर्थिक वर्ष २०७६÷७७ को कुल बजेट ४७ अर्ब ३० करोड मध्ये २७ करोड ९५ लाख खर्च भएको उहाँले बताउनुभयो । यसैगरी कुल बजेटको ५९.०८ प्रतिशत प्रदेश सरकारले खर्च गरेको थियो । यस्तै बागमती प्रदेश सरकारले बितेको तिन वर्षमा कुल ८२ अर्ब ३५ करोड ४५ लाखको बजेट ल्याएपनि पुरा बजेट भने खर्च गर्न नसकेको लेखा अधिकृत राजेन्द्र पाण्डेले बताउनुभयो ।आर्थिक वर्ष २०७४÷७५ देखि आर्थिक वर्ष ०७६÷७७ सम्म बागमती प्रदेश सरकारले कुल बजेटको ५९.३४ प्रतिशत मात्रै खर्च गरेको छ ।