तिनैवटै सरकारबीच आपसी सहयोग र सहकार्य हुनुपर्छः मुख्यमन्त्री पौडेल

१२ चैत्र, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देश संघिय व्यवस्थामा गईसकेकोले तिनैवटै सरकारले आपसी सहयोग र सहकार्य गर्र्दै काम गर्नुपर्ने बताउनुभएको छ ।


बिहिबार बागमती प्रदेश समन्वय परिषदको तेश्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले देश संविधानमा व्यवस्था भए अनुसार संघिय शासन व्यवस्थामा गईसकेकोले राज्यको तिनैवटा तह केन्द्र, प्रदेश र स्थानीय सरकारले एकआपसमा सहयोग र सहकार्य गर्दै कार्य गर्नुपर्ने बताउनुभएको हो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई मुर्तरुप दिन तिनैवटा सरकारको भुमिका ज्यादै महत्वपुर्ण रहेको पनि बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले केही विषयहरुमा केन्द्र, प्रदेश र स्थिानिय सरकार बिच मतभेद रहेता पनि तिनवटै सरकारको उदेश्य, लक्ष्य र कार्य एउटै भएकोले सहयोग र सहकार्य आवस्यक रहेको बताउँनुभयो । कार्यक्रममा बागमती प्रदेश समन्वय परिषद्को बैठकको कार्यविधि पारित तथा पहिलो र दोस्रो प्रदेश समन्वय परिषदको बैठकका निर्णय कार्यान्वयनको समीक्षा भएको थियो । यस्तै प्रदेश सरकारवाट सम्पादन भएका मुख्य कार्यहरुको प्रगतिको प्रस्तुतीकरण तथा प्रदेश र स्थानीय तहवीच समन्वय र अन्तरसम्बन्ध कायम गर्नुपर्ने विषयहरुको प्रस्तुतिकरण भएको थियो ।