आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै

१३ चैत्र, हेटौंडा । आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको आकर्षण बढेको छ ।
पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । यसविधीबाट उपचार गराउने बिरामीका संख्या पनि वृद्धि हुँदै गएको नारायणी आयुर्वेद औषधालय हेटौंडाको प्रमुख सृष्टि श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार गत आर्थिक वर्षमा हेटौंडा आयुर्वेदिक औषधालयबाट ७ हजार ९० जनाले स्वास्थ्य सेवा लिएका थिए भने यस आर्थिक वर्ष २०७७÷०७८ को फागुन मसान्तसम्म ७ हजार ६ सय ४५ जनाले स्वास्थ्य सेवा लिईसकेको र अझै वढ्ने क्रमरहेको उहाँले बताउनुभयो । यस्तै विश्वव्यापी कोरोना संक्रमण बढेपछि अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको विश्वास बढेको छ । आयुर्वेदिक औषधालयमा हाडजोर्नी, बाथ, पेट सम्बन्धि दम लगाएत रोगहरुको स्वास्थ्य समस्या लिएर सार्वसाधरण आउने गरेका छन् ।