प्रेस संगठनद्वारा १९ जना पत्रकार सम्मानित

१४ चैत्र, हेटौंडा । प्रेस संगठन नेपाल मकवानपुरले शनिबार हेटौंडामा अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ ।


संगठनले मकवानपुरमा लामो समयदेखि पत्रकारितामा कलम चलाउदैं आएका अग्रज पत्रकारलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो । महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ट, कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठलाई सम्मान गरेको हो । यस्तै कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की, मोहन साँगामी, लोकनाथ पाण्डे, आरसी रिजाललाई पनि सम्मान गरेको छ । यसैगरी प्रेस सेन्टरले स्थापनाकाल देखि प्रदानगर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा रहेको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गरेको छ । यसैगरी मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशिल युवा पुस्ता पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । पुरस्कृत हुने पत्रकारहरुमा गणेश अधिकारी र शिव प्रसाद चौलागाई, सरला अधिकारी, शुभलक्ष्मी विक रहेका छन् । उनीहरुलाई नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरेको हो ।