हेटौंडा ७ मा भएका विकास निर्माणका कामहरुको मुख्यमन्त्रीद्वारा अनुगमन

१५ चैत्र, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलले आईतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा निर्माधिन विकास निर्माणको कार्यहरुको स्थिलगत अनुगमन गर्नुभएको छ ।
मुख्यमन्त्री डोरमणी पौडेलले निमार्णधिन नागस्वतीको सडक , सामुदायिक भवन , कर्वडहल प्रदेश स्तिरिय पुर्नस्थापना केन्द्र लगाएत वडा नम्बर ७ मा भईरहेका विकास निर्माणका कार्यहरुको अनुगमन गनुभएको हो । यसैगरी अनुगमनको क्रममा उहाँले बागमती प्रदेश अरु प्रदेको तुलनामा विकास निर्माणको स्तरमा माथिरहेको भन्दै भईरहेका विकास निर्माणका कार्यहरु तोकिएको समयमै सम्पन्न गर्न अनुरोध गर्नुभयो । अनुगमन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ , वडा नम्बर ७ का अध्यक्ष राजन थापा, वडा सदस्य कुष्ण प्रसाद दाहाल , टिम टेलिभिजन हेटौंडाका अध्यक्ष नवराज खतिवडा लगाएतको उपस्थिती रहेको थियो ।