पुरा बजेट खर्च नभएको प्रति सभामुखको गुनासो व्यक्त

१७ चैत्र, हेटौंडा । बागमती प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको पुरा बजेट खर्च नभएको प्रति गुनासो व्यक्त गर्नुभएको छ ।
मंगलबार बागमती प्रदेश सामजिक विकास मन्त्रालयको आयोजनमा आयोजित श्रम रोजगार एव्म सुरक्षित आप्रवासन सम्बन्धि प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले समय हुँदा सुतेर बस्ने, असारमा वर्षा सुरु भएपछि काम सुरु गर्ने परिपाटीले बजेट खर्च हुन नसकेको बताउनुभएको हो । यसैगरी उहाँले असारमा अर्को वर्षको बजेट सार्वजनिक गनुपर्ने समयमा हतारमा बजेट खर्च गर्ने संस्कारले चिन्तित बनेको बताउँदै उहाँले प्रदेश सरकारले योजना छनौट गरेर ल्याएको बजेट कार्यान्वयन गरेर खर्च गर्न समस्या देखिएको भन्दै ’समय छँदै काम गरे बजेट खर्च हुने उहाँले बताउनुभयो । यसैगरी सभामुख श्रेष्ठले संघीयतामा जनप्रतिनिधिहरु आएपछि विकास निर्माणको गति दु्रत भएको बताउनुभयो । उहाँले प्रदेशमा आधा बजेट खर्च हुँदा त विकासको गति दु्रत देखियो भने पुरा बजेट खर्च हुँदा विकास कति देखिन्छ भनेर सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसैगरी बागमती प्रदेशमा दक्ष जनशक्तिको अभाव, काममा लापरबाही तथा नतिजा उन्मूख भएर कार्य नहुँदा बजेट खर्च हुन नसकेको उहाँले आरोप लगाउनुभएको छ । उहाँले बागमती प्रदेशको ११९ स्थानीय तहहरुलाई बजेट कार्यान्वयन गर्दा देखिएका समस्याहरु उजागर हुने गरी अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।