हेटौंडामा पहिलो पटक मिसेज तामाङ प्रतियोगिता हुने, बिजेताले १ लाख पाउने

१७ चैत्र, हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मिसेज तामाङ प्रतियोगिता हुने भएको छ । ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रालिले उक्त प्रतियोगिता गर्न लागेको हो ।


बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै इन्फोटेन्मेण्टका प्रमुख विक्रम लुङ्बाले तामाङ समुदायमा महिला सशक्तिकरणलाई अगाडी बढाउन आवश्यक रहेकोले प्रथम मिसेज तामाङ प्रतियोगिता गर्न लागिएको जानकारी गराउँनु भएको हो । यसैगरी उहाँले प्रतियोगितामा तालिम दिएर सहभागी गराएर तामाङ समुदायका महिलाहरुलाई आवश्यक समयमा बोल्न सिकाउने,महिला भित्र रहेको क्षमता अभिवृद्धि गराउने बताउनुभयो । यसैगरी आउँदो चैत २५ गतेबाट तालिम सुरु हुने समते जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा तालिममा सहभागी हुन १५ हजार रुपैयाँ शुल्क लाग्ने विक्रम लुङ्बाले जानकारी दिनुभयो । यस्तै २५ दिन तालिममा सहभागी गराएर बैशाख अन्तिममा प्रतियोगिता गर्ने तयारी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरि प्रतियोगितामा दोस्रो र तेस्रोले नगद पुरस्कार र अन्य आर्कषक पुरस्कार प्राप्त गर्ने आयोजकको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । प्रतियोगितामा ५ लाख खर्च हुने आयोजकले बताएको छ ।