विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न सकिंदैंनः मुख्यमन्त्री पौडेल

१८ चैत्र, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गर्नुभएको हो । विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उहाँले बताउनुभयो । सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गर्नुभयो । नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको निशेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताउनुभयो । नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताउनुभयो । पार्टीमा निशेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनि गर्नुपर्ने बताउनुभयो ।