एक बर्षमा मानव बेचबिखनमा परेका २० जनाको उद्धार

१८ चैत्र, हेटौंडा । मकवानपुरमा पछिल्लो एक बर्षमा मानव बेचबिखनमा परेका २० जनाको उद्धार गरिएको छ ।
बुधबार हेटौंडामा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना कार्यक्रमको आयोजना गर्दै साना हात नेपाल मकवानपुरले पछिल्लो एक बर्षमा मकवानपुरमा मानव बेचबिखनमा परेका २० जनाको मानिसहरुको उद्धार गरेको तथ्यांक प्रस्तुत गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ को बैशाख देखी चैत्र १८ गते सम्म बेचबिखनमा परेका ६ जना महिला , १ जना पुरुष र १३ जना किशोरीको उद्धार गरिएको साना हात नेपाल मकवानपुरका अध्यक्ष सुर्य प्रकाश राईले बताउँनुभयो । साना हात नेपाल मकवानपुरले गएको बैशाख देखि चैत्र १८ गते सम्म ५७ जना महिला ,४२ जना पुरुष र ५१ जना किशोरी लाई मानव बेचबिखन विरुद्ध परामर्श प्रदान गरेको कार्यक्रममा जानकारी दिएको थियो । यस्तै ६ सय ४२ जना महिला ,३ सय २३ जना पुरुष र ९ सय २ जना किशोरीलाई सोधपुछ गरेको छ भने १ हजार १ सय ७ जना महिला , ६ सय ७३ जना पुरुष र ८ सय ९६ जना किशोरीलाई जनचेतना प्रदान गरेको साना हात नेपाल मकवानपुरले बताएको छ । साना हात नेपाल मकवानपुरले एक बर्षको अवधीमा वैदेशिक रोजगारीमा फसेका ३ जना महिलाको उद्धार समेत गरेको छ । साना हात नेपाल माकवानपुरले सुरक्षित वैदेशिक रोजगारीका लागि १ हजार ८९ जना महिला र १ हजार २ सय ७८ जना पुरुषलाई परामर्श प्रदान गरेको संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । साना हात नेपाल मकवानपुरले मकवानपुरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध विभिन्न कार्यक्रम र सुरक्षित वैदेशिक रोजगारीका लागि परामर्श प्रदान गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताब सिंह लामा , सामुदायिक प्रहरी सेवा– केन्द्रका अध्यक्ष प्रदिप कंडेल लगाएतको उपस्थिती रहेको थियो ।