विद्यालय बन्द गर्न सरकारले गरेको आग्रहको हेटौंडाका केही विद्यालयद्वारा अवज्ञा

१८ चैत्र, हेटौंडा । बन डढेलोले देशैभर स्कुले बालबालिकाको जनजीवन प्रभावित पार्न सक्ने भन्दै नेपाल सरकारले चार दिन विद्यालय बन्द गर्न दिएको निर्देशन विपरित हेटौडाका केही बिद्यालयमा बुधबार पठनपाठन भएको छ ।
वायु प्रदूषणका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भन्दै सरकारले सुरक्षितत रहन विदा दिएको थियो । बिद्यार्थीको स्वास्थ्यलाई ख्यालै नगरी विद्यालयहरु संचालनमा आएको हो । हेटौंडा उपमहानगरपालिका बातवरण शाखाका बातबरण इन्जिनियर चन्द्रा खड्काले अहिलेको अवस्थामा विद्यार्थीको अध्ययन भन्दा स्वास्थ्य प्रमुख भएको बताउनुभयो । मकवानपुरमा प्याब्सन आबद्ध केही निजी विद्यालय सामुदायिक तर्फ आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय खुलेका थिए । मंगलबार प्याब्सन मकवानपुर सहीत, हेटौंडा उपमहानगरपालिका शिक्षा समन्वय ईकाइबिच भएको छलफलबाट बिद्यालय सञ्चालन गरिएको प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीले दावी गर्नुभयो । एसईइ परिक्षा नजिकीँदै गरेको सन्दर्भमा अभिभावकको आग्रहमा बिद्यालय सञ्चालन गरिएको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रध्याध्यापक विरवंश वैठाले बताउनुभयो ।संघीय सरकारको निर्देशन विपरित मकवानपुरका निजी तथा केही सामुदायिक विद्यालय खुलेका छन् । जिल्लाका निजी तथा केही सामुदायिक विद्यालय एसईइ परिक्षामा उत्कृष्ट नतीजा ल्याउन सरकारकै निर्देशन विपरित सञ्चालन भएका हुन् । यी बिद्यालय बिद्यार्थीको स्वास्थ्यमा भन्दा आफ्नो प्रतिष्ठामा केन्द्रीत भएका छन् ।