हास्यव्यङ्ग्यकार आर.सि रिजालको “को वरिष्ठ ?” विमोचन

२० चैत्र, हेटौंडा । मकवानपुरका हास्यव्यङ्ग्यकार आर.सि रिजालको “को वरिष्ठ ?” नामक हास्यव्यङ्ग्य निबन्धसंग्रह शुक्रबार विमोचन भएको छ ।


साहित्य संगम मकवापुरको आयोजनामा भएको पुस्तक विमोचन कार्यक्रममा उच्च अदालत पाटन हेटौंडाका न्यायधिस शेषराज शिवाकोटीले “को वरिष्ठ ? नामक पुस्तकको विमोचन गनुभएको थियो । आर.सि रिजालको पुस्तक “को वरिष्ठ ?” १ सय ९ पेजको पुस्तकमा ३६ वटा छुट्टा छुट्टै शिर्षकमा निबन्धहरु रहेका छन् । रिजालको पहिलो प्रकाशित पुस्तक ‘खरानी भित्रको आगो’ उपन्यास भने दुई वटा निबन्धसङ्ग्रहहरू प्रकाशित भइसकेका छन ‘कुकुरको पुच्छर’ , कण्ठ लँगौटी , फुफुफु , भोलारामको आत्मा र “को वरिष्ठ ?” सहित ५ निबन्धसङ्ग्रहरु प्रकाशित भएका छन् ।