बाइपास सडक निर्माण कार्य सुरु

२१ चैत्र, हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलमा रहेको राप्ती खोलाको बीचबाट बाइपास सडक निर्माण कार्य सुरु गरेको छ ।


प्रदेश सरकारले चौकीटोलको झोलुङ्गे पुल नजिकैबाट राप्ती पुलसम्म २ हजार २ सय मिटर लम्बाइको बाइपास सडक निर्माण कार्य सुरुगरेको हो । १० मिटर चौडाई र २ लेनको निमार्णकार्य भईरहेको सडक ग्राभेलमात्र गरिने बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले बताएको छ । यसअघिको पुरानो बाइपास सडक र अहिले बन्दै गरेको सडकको बीचको दुरी भने करिब ५० मिटर रहने मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको १३ करोड ४४ लाख रुपैयाँको लागतमा निमार्णकार्य भईरहेको बाइपास सडक २०७७ कार्तिक २९ गतेसम्म सम्पन्न हुनेगरी कार्यभईरहेको छ । यस्तै राप्ती पुलबाट त्रिवेणी धामसम्म ८ करोड ४७ लाख रुपैयाँको लागतमा बाइपास सडक निर्माण भइरहेको छ । हेटौंडाको चौकीटोलबाट सुरु भएको बाइपास सडक ३ हजार ९ सय मिटरसम्म बन्ने पक्का भएको हो ।