बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागी स्थगित

२६ चैत्र, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक ३ पटकको निरन्तर संसद अवरोध पछि पुनः अनिश्चितकालको लागी स्थगित भएको छ ।


जारी हिउँदे अधिवेशनको पछिल्लो बैठक माघ ९ गते बसेको थियो तर लामो समयपछि गत २४ गतेबाट बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारसँग विभिन्न माग राख्दै अवरुद्ध गदै आएको छ । विहिबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेसंगै सभामुख सानुकुमार श्रेष्ठले सो कुराको जानकारी गराउनुभएको हो । विहिबारको वैठकमा नेपाली कांगेस प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले बोल्नको लागी विशेष समय माग्दै सरकारले खरिद गर्न लागेको विद्युतिय बस तत्काल रोक्न आग्रह गर्नुुभएको छ । सरकारको काम जनतालाई खुशी र सुख दिने हो तर काम चाही दुःख दिईरहेको उहाँले दावी गर्नुभयो । यस्तै बाढी पहिरोको लागी प्रदेश सरकारले बनाएको घरहरुको सम्बन्धमा पनि प्रदेश सरकार संग जवाफ माग्दै अहिले उठेका प्रश्नहरुको उपयुक्त जवाफ नआए नेपाली काग्रेंसले पनि संसद अवरोध गर्ने बताउनुभयो । यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा मुख्यमन्त्री डोरमणि पौडेलको सरकार वैचारिक रूपमा एउटा गुटको मात्रै भएको रहेको भन्दै अहिलेको बागमती सरकार कानुनी रूपमा मात्रै बलियो सरकार भए तापनि नैतिकताको आधारमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनुपर्छ भन्ने माग राख्दै आएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको उचित जवाफ आउन नसकेसम्म संसद चल्न नदिने जनाएको छ ।