हेटौंडामा असोज १६ गते निःशुल्क मुटुरोग शिविर संचालन हुने

१४ असोज, हेटौँडा । हेटौंडा निःशुल्क मुटुरोग शिविर संचालन हुने भएको छ ।
शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग विशेषज्ञबाट असोज १६ गते शनिबार शिविर हुने भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले विहीबार पत्रकार सम्मेलन गर्दै शिविरबारे जानकारी गराएको हो । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना डाक्टर र ४ जना प्राविधिकहरु सहित ११ जनाको टोली शिविरमा उपचार गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डण्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो । शिविरमा करिब पाँच सय जनालाई उपचार गर्ने अपेक्षा रहेको जानकरी गराएको छ । शिविरका लागि टिकट देखी इसिजी, ईको, प्रेसर सुगर, एक्सरे र आवश्यक परेमा रगतको पनि निशुल्क सेवा प्रदान गरिने डा. सापकोटाले बताउनुभयो ।