अहिले देखिएको विकृत्तीहरु विरुद्ध नयाँ राजनीतिक आन्दोलन आवश्यकः पूर्वमन्त्री पोखरेल

१४ असोज, हेटौँडा । पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बर्तमान राजनीतिमा देखिएको विकृत्तीहरु विरुद्ध नयाँ राजनीतिक आन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट १८ बर्षदेखि नियमित प्रकाशित निकास साप्ताहिक र सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जको बार्षिक उत्सव कार्यक्रम तथा नयाँ अनलाइन पोर्टल थाहा नेपाल डट कमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताउँनुभएको हो । उहाँले पहिले राजनितीक उदेश्य र औचित्य फरक रहेको सन्र्दभ उल्लेख गर्दै अहिले राजनितीमा देखिएको भ्रष्टचार, विसंगती, विकृत्तीहरु विस्द्ध नयाँ आन्दोलन आवश्यक रहेको बताउनुभएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनरायण विडारीले आफु सरकारमा हुदाँ दल विभाजन सम्बन्धि अध्याधेश ल्याएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलको सरकारले ल्याएको अध्यादेशको विरोत्रध गर्न नमिल्ने बताउनुभएको छ । कार्यक्रममा रामचन्द्र खड्का स्मृती पत्रकारिताबाट नयाँ पत्रिकामा कार्यरत पत्रकार सुदिप सिवाकोटी र शक्ति एफएमका स्टेशन म्यानेजर रामकुमार एलनलाई सम्मानित गरिएको छ ।