गतवर्ष सम्पन्न गोल्कपको आम्दानी तथा खर्च विवरण सार्वजनिक

१५ असोज, हेटौँडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा गतवर्ष सम्पन्न भएको मकवानपुर गोल्डकप तेस्रो संस्करणमा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गदै स्थानिय तह सहिद स्मिृति अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०७७ मा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । देशमा चर्चित १० वटा ठुला टिमको सहभागीतामा गत वर्ष फागुन २७ देखी चैत ७ सम्म प्रतियोगितामा भएको थियो । संघले जिल्लामा रहेको १० वटै पालिका, विभिन्न व्यक्ति तथा संस्था र टिकटबाट ८१ लाख ३७ हजार ६ सय रुपैया आम्दानी गरेकोमा ६९ लाख ७७ हजार ९ सय रुपैयाँ खर्च गरेको जनाएको छ भने ११ लाख ५९ लाख ७ हजार रुपैयाँ बचत गरेको गरेको संघले जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष टिकाराम लामा, महासचिव युनाल मल्ल, सहिद स्मिृति गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्ट, संघका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।