उपमहानगरपालिकासंग भएको सम्झौता आफुसंग नभएर संस्थासंग होः गणेश थापा

१७ असोज, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले हेटौंडा उपमहानगरपालिका संगभएको सम्झौता आफुसंग नभएर संस्थासंग भएको बताउनुभएको छ ।
आईतबार एन्फा पूर्वअध्यक्ष थापाले आयोजना गनुभएको पत्रकार सम्मेलनमा बोल्दै नगर संग भएको सम्झौता व्यक्तिसंग नभई संस्थासंग भएकोले आवश्यक परे आफु पछाडी जाने तर एकेडेमी संचालन गनुपर्ने बताउनुभयो । यस्तै उहाँले फिफाले १० वर्ष प्रतिबन्द्ध लगाएर फुक्का हुन लागीसकेको स्थितीमा सम्झौता गर्यो भने थप कारबार्हीको भागीदार आफु नै हुने हुदाँ संस्था मार्फत नयाँ कामको सुरुवात गर्न लागेको उहाँको भनाई थियो । मकवानपुरमा मात्रै नभएर देशका विभिन्न स्थानमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाइरहँदा गृहजिल्लामै सम्झौता रद्द हुँदा दुख लागेको थापाको भनाइ थियो । नगरपालिकाले गत असोज १२ गते थापासम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग फुटबल एकेडेमी तथा खेलाडी प्रशिक्षण गर्ने भन्दै कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेको थियोे भने विषेस कारण भन्दै २५ लाख रुपैयाँ दिने गरी गरेको सम्झौता रद्ध गरेको छ । पूर्व अध्यक्ष थापा पदमा हुँदा पदको दुरुपयोेग गरी आर्थिक अनियमितता गरेकोमा दोषी ठहर विश्व फुटबलको सर्वोच्च संस्था फिफाले २०७२ साल कात्तिक ३० गते गणेश थापालाई १० वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।