बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गतेका लागि आव्हान

२१ असोज, हेटौँडा । बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गतेका लागि आह्वान गरिएको छ ।
मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवराज शर्माले नवौं अधिवेशन असोज २४ गतेका लागि आव्हान गर्नुभएको हो । असोज २४ गते दिउँसो ३ बजेका लागि अधिवेशन आव्हान भएको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । अधिवेशनको पहिलो बैठकमा मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।