सरकारले आफ्नो अधिकारको प्रयोग गर्न खोज्नु सामान्यः मदन दाहाल

२३ असोज, हेटौँडा । पूर्व प्रधानमन्त्री केपी ओलीले २ पटक संसद विघटन गरेको कार्यलाई मानब अधिकार बिरुद्धको कार्यका रुपमा राखीनु गलत भएको एमाले जिल्ला सदस्य मदन दाहालले दावी गरेका छन् ।
सरकारले संबिधानमा भएको व्यवस्थाको प्रयोग गर्नु मानबता बिरोधी कृयाकलाप हुन नसक्ने दाहालले टिप्पणी गर्नुभयो । सरकारले गलत गरे त्रुटी सच्याउने ब्यबस्था संबिधानले गरेको भन्दै दाहालले सरकारले आफ्नो अधिकारको प्रयोग गर्न खोज्नु सामान्य भएको बताउनुभयो । मानव अधिकार संरक्षण मन्चले आयोजना गरेको मानब अधिकार र संबिधानमाथिको चुनौती विषयक अन्तरक्रीयामा सहभागीहरुले मानब अधिकारको रक्षाका लागि सबै क्षेत्र जुट्नु पर्ने बताउनुभयो । मन्चका अध्यक्ष अरुण खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बद्री खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संघका गणेश हुमागाई नेपाल राष्ट्रिय शिक्षक संगठनका श्रीराम दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम सहित प्राध्यापक, अधिबक्ता र पत्रकारहरुको उपस्थिती थियो ।