माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य राजेन्द्र राई सहित ११ जना एमालेमा प्रवेश

२३ असोज, हेटौँडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमिटीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।
वडा कमिटी अध्यक्ष सोमलाल योन्जनको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देबराज रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य रिमालले मकवानपुरे राजनीतिक क्षेत्रमा एमालेको बिरासतमा कुनै कमि नआउने बताउनुभएको छ । एमालेको चुनावचिन्हबाट जितेर गएकाहरु अहिले एमालेलाई सिध्याउछु भन्दै हिडिरहेका बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य राजेन्द्र राई सहित ११ जना एमाले प्रवेश गरेका छन । उनिहरुलाई प्रदेश कमिटी सदस्य देवराज रिमाल, जिल्ला उपाध्यक्ष गोपाल श्रेष्ठले टीका, खादा र माला लगाएर एमालेमा प्रवेश गराउनुभयो । कार्यक्रमका बीच नाग्श्वती कम्प्लेक्स अगाडिको भवनमा एमाले ७ नम्बर वडा कमिटी, युवा संघ र अनेम संघको संयुक्त कार्यालय स्थापना पनि गरिएको छ । यस्तै हेटौंडा ११ मा विभिन्न पार्टी परित्याग गरी ४३५ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एबम बागमती प्रदेश्का सहइन्चार्ज तथा बागमती प्रदेशका निबर्तनान मुख्यमन्त्री डोरमणी पौडेलले टीका तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।