बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश

२४ असोज, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा विश्वासको मत का लागि प्रस्ताब राखेकी छिन् ।
संबिधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संबैधानिक ब्यवस्था अनुसार मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताब राखेकी हुन् । चाडपर्वका कारण देखाउँदै कार्तिक ४ गतेसम्मका लागि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका छन् । आजै बसेको कार्यब्यवस्था परामर्श समितीको बैठकमा मुख्यमन्त्री शाक्यले सभामा विश्वासको मतका लागि प्रस्ताब पेश गर्ने सहमती भएको थियो । १०९ प्रदेश सभा सदस्य रहेको बागमती प्रदशमा एमालेको ५६ सदस्य थिए । एकल बहुमत रहेको दल विभाजीत भई १३ जना सदस्यले नेकपा एकीकृत समाजबादी रोजेपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।