भलिबलमा विजयी हेटौंडा–१७ को टिमलाई उपमहानगरपालिकाद्वारा सम्मान

२९ कात्तिक, हेटौँडा । स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगितामा विजयी भएको टिमलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ ।
बिजयी खेलाडीहरुलाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जुत्ता र निप्याड हस्तान्तरण गर्नुभयो । जिल्ला स्तरिय भलिवल प्रतियोगितामा बिजयी भएको हटिया स्पोर्टस् एकेडेमीलाई खादा ओढाएर सम्मान गर्दै सामाग्री समेत हस्तान्तरण गरिएको हो । खेलाडीहरुलाई हौसला बढाउनका लागि यस्ता कार्यक्रमलाइ प्राथमिकता दिएको मेयर महतले वताउनुभयो । गत फागुन १९–२२ मा हेटौंडामा भएको उपमेयर कपमा भलिबल प्रतियोगितामा विजेता हुने पुरुष टिम र उपविजेता हुने महिला टिमलाई हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । हटिया स्पोर्टस् एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको अन्तिम दिन आइतबार वडा कार्यालयले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको हो । उपमेयर कप भलिबल प्रतियोगितामा १७ नम्बर वडाको पुरुष टिम प्रथम भएको थियो भने महिला टिम द्वितीय भएको थियो । वडा अध्यक्ष भैरव राई, नगर कार्यपालिका सदस्य शंकर राईले वडाको भलिबल टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई ट्र्याक सुटसहित सम्मानपत्र प्रदान गर्नुभयो ।