हेटौंडाको हुप्राचौरमा १३ तलाको बहुउद्देसीय भवन निर्माण हुँदै

२० मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा १३ तलाको बहुउदेसीय भवन निर्माण गर्नका लागि सोमबार संझौता भएको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई र बानियाँ जेभीका संचालक ऋशी बानियाँका बिचमा सम्झौतामा हस्ताक्षर गरिएको हो । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरी ठेक्का आवहान गरिएकोमा ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँ लागतमा सम्झौता गरिएको हो । उपमहानगरपालिकाको ठुलो लगानी भएका तीन वटा भवन मध्य दुइवटाको काम भइरेको छ । अर्को बहुउदेस्य भवन निर्माणका लागी सोमबार संझौता भएको मेयर महतले जानकारी दिनुभयो । १३ तले भवनमा दुइ तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताउनुभयो । तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताउनुभयो ।