युवा नेता सापकोटाद्वारा विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण

१८ माघ, हेटौँडा । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।
हेटौंडा–९ मा अवस्थित प्रगति माविमा अध्ययनरत् गरिव, असहाय, अनाथ बालबालिकाका लागि सापकोटाले ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम सहयोग गर्नुभएको हो । उहाँले छात्रवृत्ति रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप पराजुलीलाई हस्तान्तरण गरेका हो । छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर सदस्य सीता अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य माधव आचार्य, नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनीलगायतको सहभागिता थियो । छात्रवृत्ति रकम हस्तान्तरण गर्दै सापकोटाले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।