हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन

१ फागुन, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले अमेरिकी मिलेनिएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध हेटौंडामा बिरोध प्रदर्शन गरेको छ ।
आईतबार पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन भएको हो । हेटौंडामा शितलमहल चोकबाट सुरुभएको प्रर्दशन बुद्धचोक हुँदै सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै अनेरास्ववियू केन्द्रिय उपमहासचिव किशोर टण्डनले नेकपा समाजवादी लाई राज्य सत्ता भन्दा देशको स्वाधिनता ठुलो रहेको बताउदै बरु सरकारबाट राजिनामा दिनु तर एमसीसी पास गर्न नदिनुभन्दै आग्रह गनुभयो । त्यस्तै नेता टण्डनले यदी कसैले एमसीसी जवरजस्ती पास गर्न खोजे रगतको खोला बग्ने भन्दै सरकारलाई चेतवानी समेत दिनुभयो । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्त लगाएतको उपस्थिति रहेको थियो ।