जनयुद्धलाई माओवादीकै नेताहरुले पराजित गरेः नयन

१ फागुन, हेटौँडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य एवम जिल्ला ईन्चार्ज नयनले जनयुद्धलाई माओवादीकै नेताहरुले पराजित गराएको बताउनुभएको छ ।
२७ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले हेटौंडा १ स्थित पार्टी कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला ईन्चार्ज नयनले जनयुद्ध सुरु गरेको दिनसधै अमर रहने बताउँदै माओवादी शान्तिपुर्ण राजनितीमा आएपछि माओवादीकै नेतृत्वले माओवादीलाई पराजित गराएको बताउनुभयो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गरेका छन् । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । १० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट करिब १७ हजारभन्दा बढी नागरिकलहरु मारिएका थिए भने हजारौं व्यक्तिहरु अंगभंग भएका थिए ।