बागमती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने

४ फागुन, हेटौँडा । गत पुस ८ गते स्थगित बागमती प्रदेश सभाको बैठक आगामी फागुन १६ गते बस्ने प्रदेश सभा सचिवालयले बताएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको वैठक फागुन १६ गते राख्ने विषयमा दलहरुबीच सहमति भएको हो । प्रदेशसभाको वैठक पुस ८ गते यता बसेको छैन । विपक्षीदल एमालेको अवरोधका कारण सत्ता पक्षले बैठक आब्हान गर्न सकेको थिएन । सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्बदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय वैठक बस्ने र फागुन १६ गते प्रदेशसभाको वैठक बोलाउने विषयमा दलहरुबीच सहमति भएको हो । आज बसेको सर्वदलीय वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता थियो ।