सडक पेटीमा समान नराख्न व्यवसायीलाई उपमहानगरपालिकाको आग्रह

२५ कार्तिक, हेटौंडा । हेटौडा उपमहानगरपालिकाले बजार क्षेत्रका ब्यबसायीहरुलाई सडक पेटीमा समान नराख्न आग्रह गरेको छ ।

मंगलबार उपमहानगरपालिकाले माईकिङ गर्दे ब्यबसायीहरुले फुटपाथमा सामान राख्ने गरेका कारण पैदलयात्रीहरुलाई समस्या भएका कारण सडक पेटीमा सामान नराख्न अनुरोध गरेको हो । ब्यबसायीहरुले भने सर्वसाधारणका लागी हिड्न बनाईएको सडक पेटीमा समेत सामान राख्ने गरेका छन् । जसका कारण पैदलयात्रीहरुलाई निकै समस्या भैरहेको छ । उपमहानगरले चाडपर्वका सडक पेटीमा सजावटका सामान राखेर भिडभाड नगर्न पनि ब्यबसायीहरुलाई अनुरोध गरेको छ । उपमहानगरको निति विपरित सडक पेटीमा सामान राखेमा प्रचलित कानुन बमोजिम कार्वार्ही गर्ने उपमहानगरका स्वास्थ तथा बातावरण शाखा प्रमुख सुपेन्द« कार्कीले बताउनुभयो ।