मन्त्रालयका कर्मचारीहरुलाई दुई दिने प्रस्ताव लेखनसम्बन्धी तालिम

२६ कार्तिक, हेटौंडा । बागमती प्रदेशको मन्त्रालयका कर्मचारीहरुलाई दुई दिने प्रस्ताव लेखनसम्बन्धी तालिम बुधबारबाट हेटौडामा सुरु भएको छ ।

बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । तालिमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मन्त्रालयका कर्मचारीले तयार गरेको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पुगेर पनि लेखन शैली नमिल्दा फिर्ता हुने गरेको भन्दै मन्त्रालयका सचिव तथा अधिकृत तहका कर्मचारीहरुलाई तालिम सञ्चालन गरिएको बताउनुयभो । कार्यक्रममा बागमती प्रदेशको प्रमुख सचिव डा. मान बहादुर बिक, नीति तथा योजना आयोग बागमती प्रदेशका कार्यबाहक उपाध्यक्ष श्याम बस्नेत लगायतकाको उपस्थिति थियो ।