बिकास निर्माण कार्यका अनुगमनमा मुख्यमन्त्री पौडेल

२६ कार्तिक, हेटौंडा । केही दिन अघी कोरोना सङक्रमण मुक्त हुनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल प्रदेश भित्रका बिकास निर्माण कार्यका अनुगमनमा लाग्नुभएको छ ।

बुधबार मुख्यमन्त्री पौडेल हेटाँैडा उपमहानगरपालिका वडा नम्बर ७ मा भैरहेको पिच सडको अनुगमनकालागी पुग्नुभएको थियो । बागमती प्रदेश सरकारको बजेटबाट निर्माण भैरहेको सो सडकको मुख्यमन्त्री पौडेलले अनुगमन गर्नुभएको हो । मुख्यमन्त्री पौडेल कोरोना संङक्रमीत भएपछि करिब २ साता आईसोलेसनमा बस्नुभएको थियो ।कोरोना संङक्रमण मुक्त भएपछि मुख्यमन्त्री पौडेल प्रदेशभित्र भैरहेका बिकास निर्माण कार्यको अनुगमनमा सक्रिय देखिनुभएको छ ।