युनिक सप पुन संञ्चालनमा

२६ कार्तिक, हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज बुधबारबाट पुन संचालनमा आएको छ ।

करिब २ बर्षदेखि बन्द अवस्थामा रहेको उद्योगलाई आजबाट पुन संचालनमा ल्याइएको उद्योगका संचालक एवम् उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले जानकारी दिनुभयो । ५ करोड लागतमा पुन संचालनमा ल्याइएको उद्योगले भाँडा माझ्ने साबुन ,सर्फ, ‘ कपडा धुने साबुन, लगायतका सामग्री उत्पादन गर्ने संञ्चालक अर्यालले बताउनुभयो । उत्पादित सामग्रीलाई सुरुवाती चरणमा मकवानपुर, काठमाडौँलगायतका जिल्लाहरुमा बिक्रिवितरण गरिने र केही महिनाभित्रै बागमती प्रदेशभर बजार विस्तार गर्दै लैजाने बताइएको छ ।उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्येक्ष रुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने संचालक अर्यालले बताउनुभयो ।