तिहार नजिकिएसँगै हटौडाका बजार प्लास्टिकका मालाले झलमल्ल

२८ कार्तिक, हेटौंडा । दिदी बहिनीले दाजु भाइलाई टीका लगाएर निकै खुसीका साथ मनाउने पर्व तिहार नजिकिएसँगै हटौडाका बजार प्लास्टिकका मालाले झलमल्ल देखिन थालेका छन् ।

तिहारले छोपेको हेटौंडा बजारमा क्रितिम फुलहरुले बजारलाई झलमल्ल बनाएका छन् । पछिल्ला केही वर्षयता गाउँघरमा पाइने सयपत्री ,मखमली फूलको साटो अहिले बजारमा प्लास्टिकका मालाले झिलिमिली भएका देख्न सकिन्छ । अहिले बजारमा प्लास्टिकका फूलका माला धेरै कारोबार हुने गरेको छ ।तर यस वर्ष कोरोना महामारीका कारण प्लास्टिकबाट बनेका सजावटका फुलको बिक्री ५० प्रतिशतले घटेको छ । गएको दशैमा समेत ब्यापार नभएको र तिहारमा पनि कित्तिको ब्यापार हुने हो भन्ने कुरामा ब्यबसायी अन्यौल छन् ।कारोना संङक्रमणका कारण मानिसहरु खुलेर बजारमा किलमेल गर्न नआएले ब्यापार नभएको ब्यबसायीहरु बताउछन् । बाहिरी मुलुकबाट आयात गरिने प्लास्टिकका मालाहरू बजारमा प्रशस्त मात्रामा पाइने गरेका छन् ।स्थानीयस्तरमा पाइने फूलहरू पाउँन छोडेकाले पहिलेको भन्दा तिहारको रौँनक हराउदैँ गएको देखिन्छन् ।