बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन

२८ कार्तिक, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिषरमा नब निर्मित विभिन्न प्रयोजनको लागी निमार्ण गरीएको बहुदेश्य भवनको शुक्रबार उद्घाटन् गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच हेटाँैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले भवनको उद्घाटन् गर्नुभएको हो । नवनिर्मित भवनमा सभा, समारोह, खेलकुद लगायतका सबै खालका कार्यक्रम गर्न मिल्ने बनाईएको छ । कुल एक करोड एक लाख रुपैयाँ लागतमा निर्माण भएको यस भवनमा प्रहरीका सभा, सम्मेलन, प्रशिक्षण, आन्तरिक गतिबिधी, व्याडमिन्टन, टेवलटेनिस, जिम लगायतका खेलकुदका गतिबीधीहरु गर्न मिल्ने प्रदेश प्रहरी कार्यालय हेटाँैडाले जनाएको छ । भबन निर्माणका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको थियो ।