हाम्रो अभियान समितिले मोटरसाईकल ¥याली गर्ने

७ मंसिर, हेटौैंडा । २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान समितिले मोटरसाईकल ¥याली तथा राष्ट्रिय भेला कार्यक्रम हेटौंडा गर्ने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गर्दे समितिका संयोजक किशोरी महत्तोले मंसिर १४ गते हेटाँैडामा मोटरसाईकल ¥याली गर्दे हेटौंडा नगर परिक्रमा गरीने बताउनुभयो ।यस्तै मसिंर २७ गते हेटौंडामा बृहत राष्ट्रिय भेला गरीने उहाँले बताउनुभयो । राष्ट्रको संरचना बहुजातिय ,बहुधार्मिक संस्कारबाट भएको भन्दै नेपालको संविधान २०४७ उत्कृष्ट संविधान रहेको संयोजक महत्तोले दाबी गनुृभयो । जनताको मर्म विपरित २०७२ को संविधान ल्याईएको भन्दै २०४७ को संविधान पनस्र्थापना गर्ने सम्बन्धा जनताको ध्यानाकर्षण गराउन राष्ट्रिय भेलाको आयोजना गरीएको संयोजक महत्तोले बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनको केन्दि«य सचिवालयको समेत आज हेटाँैडामा उद्घाटन गरीएको छ । कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मकवानपुरका संयोजक दिनेश डङगोल , २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान युवा शक्ति परिचालन समितिका संयोजक दिने लामा लगाएतकाको उपस्थिति थियो ।