केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारी दर्ता

७ मंसिर, हेटौंडा । उद्योग वाणिज्य संघ मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा बागमती प्रदेशबाट उमेद्वारी दिएको बताउनुभएको छ ।
आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी महासंघको ५४ औं साधारणसभामा न्यौपानेले आफूले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिनुभएको छ ।आफू निवर्तमान अध्यक्ष रहेको मकवानपुर उद्योग वाणिज्य संघले उम्मेदवारीका लागि सिफारिस नदिए पनि रामेछाप उद्योग वाणिज्य संघको सिफारिसमा उम्मेदवारी दर्ता गरिएको न्यौपानेको भनाइ छ । प्रदेशको राजधानी समेत रहेको गृह जिल्ला मकवानपुरबाट काम गर्न सहज हुने भन्दै आफुले उम्मेदवारी दिएको न्यौपानेले दाबी गर्नुभयो । प्रदेशको औद्येँगिक विकासका लागि भएको न्यौपानेले बताउनुभयो । प्रदेशको औद्योगिक क्षेत्रको बिकासकालागी निरन्तर प्रयत्न गर्ने न्यौपानेले बताउनुभयो । सबैको साथ र सहयोगमा सर्वसम्मत निर्वाचित हुन प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुहुँदै सर्वसम्मत प्रयत्न सफल नभए प्रजातान्त्रिक पद्दतिबाट आफूले निर्वाचनमा सहभागी हुने बताउनुभएको छ । एकजना केन्द्रीय सदस्य पदका लागि मकवानपुरका राजकुमार न्यौपानेसँगै सिन्धुपाल्चोकका राजेन्द्र श्रेष्ठ र चितवनका सहनलाल प्रधान पनि बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार रहेका छन् ।