मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाहलको बुधबार शिलान्यास गर्नुभएको छ ।


सभाहलको शिलान्यास गर्दे मुख्यमन्त्री पौडेलले बैज्ञानिक र आधुनिक तरिकाले सभाहल निर्माण गर्न लागिएको बताउनुभयो । मन्त्रालयले गर्ने विभिन्न कार्यक्रमकालागी सभाहल नहुदाँ समस्या हुने गरेको उहाँले बताउनुभयो । सभाहलमा ४ सय मानिस अट्ने क्षमता रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका कार्यालयको स्वामित्वमा रहेको पछाडीको खाली जग्गामा सुबिधा सम्पन्न सभाहल निर्माण गर्न सुरु गरिएको छ । कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माण गर्न बुधबारबाट सुरु गरिएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरसंग १८ महिनामा निमार्ण सम्पन्न गर्ने गरी संरक्षण निर्माण सेवा÷ शेभ इन्जिनियरिङ्ग कन्स्ट्रक्सन जेभिलाईले सम्झौता गरेको छ ।