बागमती प्रदेश सभाको सभाहल निर्माणको काम सुरु

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको एक वर्षपछि प्रदेशभाको सभाहल निर्माणको काम सुरु भएको छ ।

बुधबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा सभाहलको सिलान्यास गर्नुभएको छ ।सिलान्यास गर्दे सभामुख श्रेष्ठले साघुँरो भवनमा प्रदेश सभा संञ्चालन भैरहेको अवस्थामा नयाँ सभाहल बनेपछि सहजहुने बताउनुभयो ।प्रदेशका सबैजसो भवन एकै स्थानमा बनाउने तयारी समेत भैरहेको उहाँले वताउनुभयो । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले साघँुरो हलमा बैठक चलाउनुपर्ने बाध्यतालाई चिर्न सभाहलको निर्माणमा सरकार र निर्माण कम्पनीले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशभाको हल निर्माण गर्न लागिएको हो । २ सय ५० जना अट्ने क्षेत्रमताको सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ ।१८ महिनामा निमार्ण सम्पन्न गर्नेगरी बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयसंग अर्घाखाँचीर सगुन र पारामाउन्ट जेभिले सम्झौता गरेका छन् ।